घोषणापत्र–२०१७
जारी मितिः
बिषय प्रबेश
२१ सौं शताब्दी मुलभुत रुपमा आन्तरिक राष्ट्रबादको शताब्दी हो । आन्तरिक राष्ट्रिय आन्दोलन र बर्गिय आन्दोलनको अन्योन्याश्रित संबन्ध छ । नयाँ प्रकारको आर्थिक तथा सामरिक कुटनीतिमा आधारित साम्राज्यबादको उदय भएको छ । नेपाल जातीय तथा बर्गीय बिभेदयुक्त पुँजीबाद उन्मुख अर्ध औपनिबेशिक मुलुक हो । नेपाली समाजको प्रधान अन्तरबिरोध उत्पिडित जाती र बर्गहरुको शासक साम्भ्रान्त दलाल पुँजीपति र नोकरसाहहरु संग हो । अन्य सामान्य अन्तरबिरोधहरु बाह्य बिस्तारबाद र साम्राज्यबादहरु हुन् । किरात पार्टीको रणनीतिक लक्ष राजकीय पुँजीबाद, नौलो समाजबाद हुँदै समतामुलक समाज निर्माण गर्ने हो । सर्बजातीय बिधि तथा पहिचान सहितको संघियताबाट जातिय समस्याको हल गरिनेछ । राजकिय पुँजीबाद र नौलो समाजबादबाट बर्गिय समस्याको हल गरिनेछ ।
राजकिय पुँजीबाद भनेको सहकारिता, राष्ट्रिय पुँजीबाद, राज्य संलग्न आर्थिक गतिबिधि, नियन्त्रित बैदेशिक पुँजी निबेष, सामाजिक सुरक्षा, उचित स्वास्थ उपचारको राज्यद्वारा सुनिश्चितता, प्रगतिशील कर प्रणाली आदि हुन । नौलो समाजबाद भनेको बैयक्तिक आर्थिक स्वतन्त्रता सहित स्वैक्षिक सामुदायिकीकरण, सहकारीकरण, प्रगतिशील कर प्रणाली, उत्पादनको क्षेत्रमा राज्यको ठुलो सहभागिता, सम्पुर्ण सामाजिक क्षेत्रमा राज्यद्वारा सुनिश्चितता हो । नौलो समाजबाद राज्यद्वारा लादिएको यान्त्रिक समाजबाद होइन जनताले आफैं रोज्ने सामुहिकता हो । राज्यले सहजिकरण गर्दछ र यो बिश्व बजारमा दिगो उपस्थिति राख्न सक्ने खालको हुनेछ ।
किरात पार्टीको रणनीतिक लक्ष किरात क्रान्ती पुरा गर्दै नेपाली क्रान्ती पुरा गर्ने हो । किरात क्रान्ती भनेको किराती राष्ट्र राज्य (किरात प्रदेश) प्राप्त गर्नु, किराती पहिचान (भाषा, भुगोल, संस्कृति, इतिहास आदि), स्थापित गर्नु, किरात राज्यको समृद्धता हासिल गर्नु हो । नेपाली क्रान्ती भनेको नेपाललाई दलाल तथा नोकरसाही पुँजीबादबाट राजकिय पुँजीबादमा पु¥याउनु, पहिचानमा आधारित संघिय राज्यहरु सहित सर्बजातीय समानुपातिक समाबेशी संघिय नेपाल बनाउनु, मुलुकलाई समृद्ध पार्नु हो ।
सामान्यतः नेपालमा १% जनसंख्या भन्दा बढि जनसंख्या भएको उत्पिडित जातीहरुको जातीय, भाषिक वा क्षेत्रिय पहिचानमा आधारित प्रदेशहरु ऐतिहासिक क्लष्टरको आधारमा बनाइनु पर्ने हो । त्यसो गर्दा बन्ने बहु जातीय प्रदेशहरु १) लिम्बुवान, २) किरात, ३) कोचिला, ४) मधेस, ५) ताम्सालिङ, ६) नेवा, ७) तमुवान, ८) मगरात, ९) थरुहट र १०) खसान हुन्छन् । यी प्रदेशहरुको सिमाङ्कन बाहुल्य बसोबास क्षेत्र (क्लष्टर) को आधारमा गरिनु पर्दछ । तर हाल ७ प्रदेशहरु बनाइएका छन् । भबिश्यमा यी प्रदेशहरुलाई बिभिाजन गर्ने हिसाबले हाललाई किरात पार्टी निम्न नामाकरणहरु प्रस्ताब गर्दछ । १) किरात ः १ नम्बर प्रदेश, २) मधेश ः २ नम्बर प्रदेश, ३) नेवा–ताम्सालिङ ः ३ नम्बर प्रदेश, ४) तमु–मगरात ः ४ नम्बर प्रदेश, ५) थरुहट ः ५ नम्बर प्रदेश, ६) खसान ः ६ नम्बर प्रदेश र ७) सुदुर पश्चिम ः ७ नम्बर प्रदेश । किरात प्रदेश बाहेकका नामाकरणहरु सुझाबको रुपमा मात्र प्रस्ताब गरिएको हो ।
यसरी बन्ने प्रदेशहरु अन्तरगत बिभिन्न जातीय तथा भाषिक बिशेष, स्वयत्त तथा संरक्षित क्षेत्रहरु बन्ने छन् । ताम्सालिङ अन्तरगत थामी, देवास राई, जिरेल, सुरेल, हायु, दनुवार, सुनुवार आदि किरातीहरुको पहिचानमा आधारित स्वयत्त तथा संरक्षित क्षेत्रहरु हुने छन् ।
प्रदेश मातहत बिशेष, स्वयत्त तथा संरक्षित क्षेत्र, स्वयत्त क्षेत्र मातहत गाउँ वा नगरपालिका हुनेछन् । गाउँ वा नगरपालिका भन्दा साना संरक्षित र बिशेष क्षेत्रहरु अन्तरगत गाउँ तथा नगरपालिका हुने छैनन् । स्वयत्त वा संरक्षित क्षेत्र भित्र नपरेका गाउँ तथा नगरपालिकाहरु सिधै प्रदेश अन्तरगत हुनेछन् । बिशेष तथा संरक्षित क्षेत्रहरु गाउँ तथा नगरपालिका होइन प्रदेश अन्तरगत हुने छन् । लोपोन्मुख भाषी तथा जातीहरुको पहिचानमा आधारित बिशेष क्षेत्र र सिमान्तकृत जाती तथा भाषीहरुको पहिचानमा आधारित संरक्षित क्षेत्रहरु बन्नेछन् । समान्यतः संघ प्रदेशमा भाषिक पहिचान नखुल्ने जातीय तथा भाषिक समुहहरुको पहिचानमा आधारित बिशेष, संरक्षित तथा स्वयत्त क्षेत्रहरु बन्दछन् । यसले सबै जातीहरुको भाषिक तथा साँस्कृतिक पहिचानको आकांक्षलाई संबोधन गर्दछ ।
यस प्रकारले प्रदेश, स्वयत्त क्षेत्र, संरक्षित क्षेत्र तथा बिशेष क्षेत्रहरुमा समेटिनु पर्ने जाती तथा भाषीहरुको बिबिरण निम्न अनुसार छ ।
कुसुण्डा, बनकरिया, राउटे, सुरेल, हायु, राजी, किसान, लेप्चा, मेचे, कुस्बाडिया
माझी, सियार, ल्होमी, थुदाम, धानुक, चेपाङ, सतार (सन्थाल), झागड, थामी, बोटे, दनुवार, बरामु
सुनुवार, थारु (थरुहट प्रदेश), तामाङ (तामाङसालिङ प्रदेश), भुजेल, कुमाल, राजबंशी, गन्गाई, धिमाल, भोटे, दराई, ताजपुरिया, पहरी, तोप्केगोला, डोल्पो, फ्रि, मुगाल, लार्के, ल्होपा, दुरा, वालुङ
गुरुङ (तमुवान प्रदेश), मगर (मगरात प्रदेश), राई (किरात प्रदेश), लिम्बु (लिम्बुवान प्रदेश), छैरोतेन, ताङबे, तीन गाउले थकाली, बाह्र गाउले थकाली, मार्फाली थकाली, शेर्पा, याक्खा, छन्त्याल, लिरेल, ह्याल्मो, ब्यासी, नेवार (नेवा प्रदेश), थकाली, घले, कोचे
बान्तावा, चाम्लिङ, कुलुङ, थुलुङ, साम्पाङ, खालिङ, दुमी, वाम्बुले, पुमा, नाछिरिङ, बाहिङ, कोयी, याम्फु, छिलिङ, लोहोरुङ, मोवाहाङ, तिलुङ, जेरोङ, दुङमाली, लिंखिम, छिन्ताङ, आठपहरिया, बेलहारे, फाङदुवाली, वालिङ, याक्खा, देवस, सोताङ, बुङलावा, मुगाली
भोजपुरी (भोजपुरा), अबधी (अबध), मैथिली (मिथिला)
सन् २०११ को जनगणना अनुसार प्रदेश, स्वयत्त, संरक्षित तथा बिशेष क्षेत्रहरु निर्माण हुने सामन्य मापदण्ड निम्न अनुसार हुन सक्दछ ।
१% (२,६४,९४५) भन्दा बढि जनसंख्या भएको जाती वा भाषाको आधारमा प्रदेश
१ वा १ भन्दा बढि गाउँ वा नगरपालिका मा बाहुल्य क्लष्टर रहेको जाती वा भाषाको आधारमा स्वयत्त क्षेत्र (५०% वा त्यो भन्दा बढि वढाहरुमा बाहुल्यता रहे त्यो गाउँ वा नगर पालिकालाई बाहुल्य क्लष्टर रहेको मानिने)
बाहुल्य भनेको बहुमत होइन । संबन्धित प्रतिस्पर्धी भाषीहरुको ऐतिहासिक थातथलोमा जस्को संख्या बढि छ, त्यसलाई नै बाहुल्य क्लष्टर भनिएको हो ।
१ वा १ भन्दा बढि वडामा बाहुल्य क्लष्टर रहेको जाती वा भाषाको आधारमा संरक्षित क्षेत्र
१ वडामा पनि बाहुल्य क्लष्टर नरहेको जाती वा भाषाको आधारमा बिशेष क्षेत्र (संबिधानमा बिशेष क्षेत्रको प्रष्ट खाका नआएको)
यस हिसाबले किरात प्रदेश नम्बर १ मा हाललाई बन्ने संरचनाहरु ः
स्वयत्त क्षेत्रहरु ः
संरक्षित क्षेत्रहरु ः
बिशेष क्षेत्रहरु ः
यी क्षेत्रहरु तथ्याङ्क बिश्लेषण र स्थलगत अध्यायनबाट टोल तह सम्म पुगी निक्र्यौल गरिने छ ।
पहिचान भनेकै भाषा तथा संस्कृति हो । पहाडी दलित सहितको आर्यहरुको पर्बते भाषा (हाल खस भाषा भनिएको) र आर्य संस्कृतिको पहिचान नेपालको केन्द्रिय राज्य तहमा नै संबोधन भएको र उनीहरुको क्लष्टर सिंगो नेपल नै भएको हुनाले उनीहरुको भिन्नै पहिचान स्थापित गर्न भिन्नै प्रदेशको आबश्यकता पर्दैन । केन्द्रिय नेपाल, प्रदेश र बिशेष, स्वयत्त तथा संरक्षित क्षेत्रहरु सबै बहुजातीय, बहु साँस्कृतिक तथा बहु भाषिक हुने हुनाले राज्य सञ्चालनमा सर्बजातीय बिधिबाट सबै जातीहरुको समानुपातिक सहभागिता हुनेछ ।
किरात पार्टीले स्वतन्त्र ब्याक्तिहरु र बिभिन्न राष्ट्रिय पहिचानबादी पार्टीहरुको स्वयत्त अस्तित्व सहितको रणनीतिक राष्ट्रिय मोर्चा (सर्बजातयिता पार्टी) निर्माण गर्ने छ । संभब भए सम्म ती पार्टीहरु बीच एकता कायम गरिने छ । एकता नभएमा एउटै चुनाब चिन्ह लिएर जाने सम्मको रणनीतिक गठबन्धन कायम गरिने छ । सदस्यको संख्याको अनुपातमा नेतृत्वमा संबन्धित क्लष्टरले चुन्ने, महिलाको संख्याको आधारमा महिलाले नै चुन्ने, पुरुषलाई पुरुषले नै चुन्ने लोकतान्त्रिक बिधि अपनाइने छ राज्यको हकमा जनसंख्यालाई आधार मान्ने, उनै जातीय क्लष्टर र लिंग बीच प्रतिस्पर्धा हुने सर्बजातीय बिधि अपनाइने छ ।
सामन्यतः निम्न क्लष्टरहरुलाई मान्यता दिइने छ । आबश्यकता परे यसलाई अरु बिभिजान गरिने छ । अनुपातलाई पार्टी सदस्य र राष्ट्रिय जनगणना अनुसार अध्याबधिक गरिने छ ।
क्लष्टरहरु (सन् २०११ को जनगणना अनुसार)
नेपालको कुल जनसंख्या २,६४,९४,५०४ (अनुपात हिसाब गर्न बिदेशी र पत्ता नलागेको बाहेक २,६४,७२,५७६)
१) दलित पहाडी (कामी, दमाइ, सार्की, गाइने, बादी, अन्य) ८.७१% (२३,०६,९८०)
२) मुसलमान ४.४०% (११,६४,२५५)
३) आर्य (ब्रह्माण पहाडी, सन्यासी) १३.०५% (३४,५४,७२५)
४) खस (छेत्री, ठकुरी) १८.२२% (४८,२३,६७६)
५) आदिबासी ३५.७२% (९४,५५,५९१)
६) मधेसी दलित सहित (तराई अन्य सहित) १९.९०% (५२,६७,३४९)
किरातीहरु (सुरेल, हायु, मेचे, थामी, दनुवार, धिमाल, लिम्बु, याक्खा, जिरेल, कोचे, राई, सुनुवार) को जनसंख्या ४.९४% (१३,०७,७२०)
पार्टी तथा मोर्चाको प्रत्येक तहको संगठनमा माथिको ६ क्लष्टरहरुलाई मान्यता दिइने छ । तर नेतृत्व चुन्दा माथि अनुसारको जनगणनाको अनुपातमा नभै संबन्धित समिति भित्र भएको उक्त क्लष्टर को संख्याको अनुपातमा हुनेछ । संबन्धित तहमा जति प्रतिशत महिलाहरु छन् त्यति नै प्रतिशत महिला, महिला ले नै खुल्ला रुपमा चुनेर नेतृत्वमा पु¥याउने छन् । पुरुषको हकमा पनि यो नियम लागु हुने छ । समानुपातिक समाबेशीमा संबन्धित क्लष्टरको महिला सदस्यहरुको संख्याको अनुपातमा संबन्धित क्लष्टरको महिलाहरुले नै चुनेर संबन्धित क्लष्टरको महिलाहरुलाई नै नेतृत्वमा पु¥याउने छन् । पुरुषको हकमा पनि सोहि नियम लागु हुनेछ । पदाधिकारीहरु चयनमा पनि लोकतान्त्रिक बिधि अपनाइने छ । राज्यको बिभिन्न ओहोदाको उम्मेद्वारी चयनमा पनि यहि प्रकारको लोकतान्त्रिक बिधि अपनाइने छ । यस प्रकारको सर्बजातीय लोकतान्त्रिक बिधिले सबैको सहभागिताको सुनिश्चिता गर्दै गुटबन्दिलाई अन्त गर्दछ ।
पार्टी तथा मोर्चामा निर्बाचनमा उमेद्वार प्राइमरी (पुर्ब निर्बाचन) मार्फत गरिनेछ । यसले संघटक पार्टीहरुको छायाँ र गुटबन्दिलाई अन्त गर्ने छ । मोर्चाको सबै सदस्यहरुलाई केन्द्रिय समितिले सबै बिबरण खुल्ने आधिकारिक सकृय सदस्यता प्रदान गर्नेछ । प्रकृया पुगेर दर्ता भएको सबै सदस्यता आबेदनलाई केन्द्रिय समितिले अनुमोदन गर्ने गरी केन्द्रिय सचिबालयले १४ दिन भित्र स्विकृत गर्ने र स्विकृत गरेकै दिनबाट लागु गरिनेछ । कुनै पनि समितिमा संगठित सदस्यहरु मात्र सकृय सदस्य हुनेछन् र उनीहरुले मात्र नेतृत्व चयन र प्राइमरीको मतदानमा भाग लिन पाउने छन् । तर यस प्रकारको प्राइमरीमा भोट हाल्न नेपालको निर्बाचन आयोगले सन्चालन गर्ने चुनाब भन्दा ३ महिना अघि नै सकृय सदस्यता प्राप्त गरि सकेको हुनु पर्दछ ।
प्रत्यक्ष सांसदको प्राइमरीको उदाहरण ः खोटाङ क्षेत्र नम्बर १ को उम्मेद्वारमा आबेदन दिन पार्टी वा मोर्चाका सबै सकृय सदस्यहरुले पाउने छन् । परेका आबेदन उपर त्यस चुनाब क्षेत्रको सकृय सदस्यहरुले भोट हाली सबै भन्दा बढि मत ल्याउने आबेदकलाई उम्मेद्वार चयन गर्नु पर्दछ । स्थानिय तहको प्राइमरीमा पनि यहि बिधि लागु हुनेछ ।
समानुपातिक सांसदको प्राइमरीको उदाहरण ः संसदमा दलित समानुपातिक संसदहरुको स्थन १० जना रहेछ । मोर्चा भित्रको कुनै पनि दलित सकृय सदस्यले उम्मेदरीको निम्ति आबेदन गर्न सक्दछन् । आबेदन उपर दलित सकृय सदस्यहरुले नै भोट हाली बढि भोट ल्याएको आधारमा क्रमै संग १० जना दलितहरु समानुपातिक उम्मेद्वार बन्नेछन् । चुनाबमा मोर्चाले ३ जना दलित समानुपातिक सांसद जित्यो भने प्राइमरीमा बढि मत ल्याउने पहिलो ३ जना दलितहरु समानुपातिक सांसद हुनेछन् । यो नै गुटबन्दी अन्त गर्ने सहभागितात्मक सर्बजातीय लोकतान्त्रिक बिधि हो । यसमा पनि दलित महिलाले दलित महिला उम्मेद्वार आबेदकलाई र दलित पुरुषले दलित पुरुष उम्मेद्वार आबेदकलाई भोट हाल्ने छन् ।
नीति निर्माण र निर्णयमा ब्यापक सहभागिता, काम कार्यबाहीमा एक रुपता, सबै निर्णयहरु तलबाट सदस्यहरुले गर्ने हो, माथिबाट छान्ने होइन तलबाट चुन्ने, कुनै पनि आन्तरिक तथा बाह्य पदहरु नेताले छान्ने होइन सदस्यले चुन्ने, रणनीतिक निर्णय सदस्यहरुले सामुहिक गर्ने, सरकार, सदन र लाभको पदमा समेत मातहतको सदस्यहरुले वा उनहिरुको प्रतिनिधिहरुले सर्बजातीय बिधि मुताबिक चुनेर पठाउने, नेताले छानेर होइन ।
किरात पार्टिले सर्बजातियता, पहिचान सहितको संघियता, सहभागितात्मकता, राजकिय पुँजिबाद र नौलो समाजबाद मान्ने पार्टिहरु संग एकता वा सहकार्य गर्न सक्ने छ । किरात पार्टीको उदेश्य किरात तथा सर्बजातयि बिचारको अलोकमा किरात तथा नेपाली क्रान्ती सम्पन्न गर्नु हो । किरात प्रदेशलाई जैबिक खेती बिस्तार, जलबिद्युत बिकास र प्राबिधिक शिक्षाको प्रबर्धन गरी छोटो अबधिमा समृद्ध पारिने छ ।
रणनीतिक उदेश्यहरु
किरात पार्टीको मुख्य उदेश्य तथा नीतिहरु निम्न बुँदाहरुमा प्रस्तुत गरिएका छन् ।
१) किरात प्रदेश बसीहरु बीच एकता कायम गर्ने
२) किरातीहरुको पहिचानमा आधारित उनीहरुको बसोबास क्षेत्र सहितको किरात प्रदेश निर्माण गर्ने
३) कथित उच्च जातीय तथा क्षेत्रिय अहंकारबाद बिरुद्ध राजनीतिक संघर्ष गरी किरात राज्यबासी तथा आम नेपालीहरु माथिको अत्यचार अन्त गर्ने
४) किरात राज्यबासीहरुको समग्र आर्थिक तथा सामाजिक बिकास गर्ने
५) सर्बजातीय सिद्धान्त लागु गर्ने
६) सहभागितात्मकता र जननीति अबलम्बन गर्ने
७) लोकतन्त्रका नबिनतम मुल्य र मान्यताहरु अबलम्बन गर्ने
८) सबै भन्दा बैज्ञानिक प्रकारको आचार बिचारहरु लागु गर्ने
९) किरात तथा सर्बजातीय बिचारको निर्माण गरी लागु गर्ने
१०) किराती भाषा तथा संस्कृति बिकास र इतिहासहरुको उत्खनन गर्ने
११) छिमेकी मुलुक र राज्यहरु संग समानताको आधारमा सहअस्तित्व कायम गर्ने
१२) किरात प्रदेश बासी, किरात प्रदेश र नेपाल बिरोधी तत्वहरु संग सम्झौता हिन संघर्ष गर्ने
१३) सबै भाषी किरातीहरु तथा अन्य भाषी तथा जातीहरुको पहिचानमा आधारीत बिशेष, स्वयत्त तथा संरीषत क्षेत्रहरु निर्माण गर्ने
१३) संघिय नेपालमा नौलो समाजबादको स्थापना गर्ने
किरात भुगोल
किराती एक प्राचीन जाती (राष्ट्र) हो भन्ने कुरा करिब ३,७०० बर्ष अघि तिरै लेखिएको बेदमा समेत उल्लेख भएबाट प्रमाणित हुन्छ । उनीहरुले अबलम्बन गरेको मुन्दुमको पुरातात्विक बिश्लेषणबाट पनि यसको थप पुष्टि हुन्छ । प्राचीन कालमा हिमालयको दक्षिणमा बस्ने सबै मंगोल मुलका मानिसहरुलाई किराती (किरात पनि भनिने) भनिन्थ्यो भने काश्मिर देखि अरुणाचल सम्मको भुभागलाई किरात देश भनिन्थ्यो । आजको दिनसम्म पनि हिन्दु कर्मकाण्डहरुमा किरात देशे भनेर स्थान परिचय दिइने कुराबाट किरात देशको ऐतिहासिकता थप प्रमाणित हुन्छ । किरात देशका आदिबासी भनेको किरातीहरु थिए । त्यस बेला समृद्ध र शक्तिशाली किरात साम्राज्यहरु सञ्चालन भएको ऐतिहासिक प्रमाणहरु पाइन्छन् । त्यति बेला किराती पुर्खाहरु राजनीतिक रुपमा शक्तिशाली थिए त्यसैले उनीहरुको साम्राज्यहरुले समग्र दक्षिण एसिया भरी फैलिएका थिए ।
त्यहि क्रममा किरातीहरुले नेपालमा ३२ पुस्तासम्म राज्य गरेको कुरा नेपाली इतिहासको पानामा दर्ज छ । यस अबधिमा नेपलको सिमाना पश्चिममा त्रिशुली र पुर्बमा टिष्टासम्म थियो । यो भुभागलाई पनि किरात देश नै भनिन्थ्यो । काठमाण्डुमा लिच्छबीहरुसंग पराजित भए पछि पनि काठमाण्डु उपत्यका बाहिरका किरात भुभागहरुमा किरातीहरुले ससाना तर तुलनात्मक रुपमा शक्तिशाली राज्यहरु चलाएका थिए । किरात राज्यमा सेनहरुको आगमन पश्चात सेन साम्राज्य अन्तर्गत रहेर पनि संगठित तथा शक्तीशाली किरात राज्यहरु संचालनमा आएका थिए । सेन अन्तरगतको किरात राज्यहरुमा किरातीहरुको नेतृत्वदायी भुमिका थियो भने पहाडी भुभाग तिर थुप्रै स्वतन्त्र किरात राज्यहरु थिए । गोरखालीले अतिक्रमण गर्नु भन्दा अघिसम्म पनि किरात राज्य काठमाण्डु उपत्यका बाहेक पश्चिममा त्रिशुली र नारायणी नदी, उत्तरमा हिमालय, दक्षिणमा गंगा नदी र पुर्बमा टिष्टा नदी सम्मै फैलिएको थियो । बनेपा क्षेत्रको चौकोटको राजा महेन्द्र सिङ राई गोरखाली सेना द्वारा मारिएका थिए । उनको राज्य भक्तपुरको साँगा भञ्ज्याङ सम्म थियो । यी राज्यहरुलाई समग्रमा किरात राज्य भनिन्थ्यो । यस अर्थमा किरात राज्य र किरात देश एक ऐतिहासिक भुगोल हो । अहिले पनि त्रिशुली र नारायणी नदि सम्मै पुबी नेपालमा बर्तमान किरातीहरुको आदिम थातथलोमा उनीहरुको बसोबास रहेको छ ।
यसरी समृद्धशाली बिशाल किरात साम्राज्य ससाना राज्यहरु हुँदै सेन अधिनस्थ हुन पुग्यो भने गोरखाली अतिक्रमण पश्चात किरात राज्यहरुको अस्तित्व समाप्त भयो । गोरखाली अतिक्रमण पश्चात हिजो आजसम्म पनि वल्लो किरात, माझ किरात र पल्लो किरात भनेर किरात भुगोललाई मानिएको छ । अतः किरात भुगोल (देश र राज्य) पाँचौं हजार बर्ष देखि आजको दिनसम्म पनि सबैले स्विकारेको तथ्य हो । बिशाल तथा प्राचीन किराती जाती भने खुम्चिएर अहिले सुनुवार, राई, याक्खा, लिम्बु, थामी, जिरेल, सुरेल, हायु, दनुवार, धिमाल, कोचे, मेचे आदिहरुमा सिमित भएका छन् ।
मुर्धन्य किराती इतिहासकार इमान सिङ चेम्जोङ अनुसार १,४०० बर्ष अघि तिर समग्र किरात भुमीमा ८ किराती राजाहरुले शासन गरेको ठोकुवा गरेका छन् । समग्र किरात भुमीमा किरातीहरु ५,००० बर्ष भन्दा लामो समय बसेको ऐतिहासिक प्रमाण भएका आदि भुमीपुत्र किरातीहरुले उनीहरुकै माटोमा उनीहरुको पहिचानमा आधारित किरात प्रदेशको आकांक्षा राख्नु मुनासिब छ ।
चुरे तिर भेटिएका २२,००० बर्ष पुराना ढुंगे हतियार पनि किरातीहरुले नै प्रयोग गरेको मानिएको छ । हिन्दु साहित्यमा बर्तमान नेपालमा किरातीहरु १५ औं लाख बर्ष देखि रहेको मानेका छन् । मुन्दुम ले किरातीहरु नियामा (मधेस) मा उत्पति भएका र सालपा सिलिचुङ बाट फैलिएको मान्यता राख्दछ । त्यसैले पनि उनीहरु यहिं माटोको भुमी पुत्रहरु हुन् ।
अहिले उनीहरुको जहाँ जहाँ बसोबास छ त्यो पुरै किराती ऐतिहासिक थात थलो हो भन्ने उक्त तथ्यहरुले बताउदछ । सेन तथा गोरखालीहरुले गरेका ऐतिहासिक गल्ती सच्याउन नै हामीहरु संघियता रुपी स्वराजको मार्गमा अघि बढेका हौं । सेन तथा गोर्खाली अन्यायपुर्ण राज्य संरचनाहरु भत्काउनु पर्ने बेला हो यो ।
किराती राष्ट्र
बर्तमानमा किराती भनिएका जातीहरु सुनुवार, राई, याक्खा, लिम्बु, थामी, जिरेल, सुरेल, हायु, दनुवार, धिमाल, कोचे, मेचे आदि हुन् । किराती लाई वा बहुजातीय राष्ट्र भन्न सकिन्छ । जाती भनेको उनको नाम के हो भन्दा पनि त्यो भित्र रहेको गुण तत्वले निर्धारण गर्दछ । जातीलाई राष्ट्र वा अंग्रेजीमा ल्बतष्यल भनिन्छ । जाती हुन संख्या, इतिहास, संस्कृति, भाषा, भुगोल आदि चाहिन्छ । जाती बन्ने ती सबै तत्वहरु किरातीहरुको एकताले मात्र प्रदान गर्दछ । जातीको पहिचानको आधारमा प्रदेशहरु बन्ने हो । किरातीहरु जातीको तहमा एकिकृत भएनन् भने किरात प्रदेश सम्भब छैन । किरात प्रदेशबासी अन्य जातीहरुले पनि किरातीहरुको भौगोलिक ऐतिहासिकतालाई सम्मान गर्नु मुनासिब हुन्छ । बिरातीहरु भाषाको आधारमा छुट्टिएं भने उनीहरु कबिला तथा गणहरु हुनेछन् । कबिला र गणहरुको पहिचानको आधारमा राज्यहरु बन्न सक्दैन । त्यसैले सबै किरातीहरुको एकतामा मात्र उनीहरु एक जाती वा राष्ट्रको रुपमा स्थापित हुन्छन्ं र किरात प्रदेशको हकदार हुन्छन्ं । किरात प्रदेशमा मात्र सबै किराती भाषीहरुको भाषा तथा संस्कृतिले फल्ने फुल्ने मौका पाउदछ । त्यसैले सबै भाषी किरातीहरुले अफुलाई किराती जातीको रुपमा खडा गर्न आबश्यक छ, कबिला र गणको रुपमा हैन ।
खम्बु राष्ट्र र खम्बुवानको सवाल पनि किराती राष्ट्रिय आन्दोलनमा उठेको छ । खम्बु भनेको सामान्यतः माझ किरात भुगोलको राई जातीहरु सम्मिलित राष्ट्र हो । किराती भन्नाले वल्ल किरात, माझ किरात र पल्लो किरात समेतको राईहरु लगायत सबै सुरेल, हायु, मेचे, थामी, दनुवार, धिमाल, लिम्बु, याक्खा, जिरेल, कोचे, राई र सुनुवार किराती जातीहरुलाई जनाउदछ । त्यसैले खम्बु राष्ट्रलाई पनि बृहद किराती राष्ट्र कै अभिन्न अंगको रुपमा स्विकार्नु पर्दछ । अतः लिम्बु, खम्बु तथा कोच राष्ट्रको पहिचानलाई सम्मान गर्दै हाललाई प्रदेश १ लाई बृहत्तर किराती पहिचानयुक्त प्रदेशको रुपमा किरात प्रदेश नामाकरण गरी अघि बढ्न किरात पार्टी लागी पर्ने छ ।
किरात प्रदेश
सामान्यतः नेपाली इतिहास तितो याथार्थ भएर गुज्रिएको छ । गोरखाली अतिक्रमण पुर्ब सेनकालमा किरातीहरु शासक बर्ग थिए भने शाहकालमा शाहहरु । गोरखालीहरुको अतिक्रमण पुर्ब मकवानपुर सेन साम्राज्य अन्तरगत किरातीहरुको शासन काठमाण्डु उपत्यका बाहेक पश्चिममा त्रिशुली नदी सम्मै थियो । तर आज त्यो क्षेत्रमा किरातीहरुको उपस्थिति पातलो छ । त्यसैले ती भुभागलाई पनि ऐतिहासिकताको आधारमा किरात प्रदेश अन्तरगत राखिनु पर्दछ भन्नु मुनासिब होइन । पहिचानको निम्ति इतिहास सन्दर्भ हो भने सिमाङकनको लागी बर्तमान बसोबास क्षेत्र ९ऋगिकतभच० अधार हो । त्यसैले किरात पार्टी किरात प्रदेशको सिमाङकन क्लष्टरको आधारमा हुनु पर्दछ भन्ने मान्यता राख्दछ । यो अन्य प्रदेशको हकमा पनि सत्य हो । यस प्रकारको बैज्ञानिक तथा न्याय संगत सिमाङकन गर्दा किरात प्रदेश १ नम्बर प्रदेशको झापा, मोरङ तथा सुनसरी जिल्लाको हुलाकी सडक वरीपरि बाहेक सिंगै पर्दछ । किरात प्रदेश देखि बाँकी भुभाग कोचिला प्रदेश बन्नु पर्दछ । तर लिम्बु पहिचानमा आधारित लिम्बुवान बन्ने आधार भएको तथा लिम्बुवानी जनताहरुको त्यो चाहना पनि उजागार भएको अबस्थामा किरात प्रदेशमा सोलुखुम्बु, ओखलढुंगा, खोटाङ, भोजपुर र उदयपुर जिल्लाहरु सिंगै, धनकुटा र संखुवासभाको लिम्बु बाहुल्य क्षेत्रहरु बाहेक तथा मोरङ र सुनसरीको हुलाकी सडक वरीपरी बाहेक र लिम्बु बाहुल्य क्षेत्रहरु बाहेकको भुभागहरु पर्दछन् । यस प्रकारको सिमाङ्कनलाई जनसंख्या तथा भुगोलको बैज्ञानिक बिश्लेषणद्वारा निक्र्यौल गरिनु पर्दछ । हामीले भनेको जस्तो राज्य पुनर्संरचना तत्कालै भई हाल्ने अबस्था छैन तर प्रदेशहरुको नामाकरण आगामी प्रदेश सभाले गर्ने संबन्धमा किराती, लिम्बु, कोच सबै समग्र किराती नै भएको हुनाले उनीहरुको समग्र पहिचानलाई सम्मान गर्दै १ नम्बर प्रदेशलाई किरात प्रदेश नामाकरण गरेर अघि बढनु पर्दछ । किरात प्रदेश अन्तरगत निम्न नक्सा अनुसारको बिभिन्न बिशेष, संरक्षित तथा स्वयत्त क्षेत्रहरु स्थापित गर्ने पहल कदमी लिनु पर्दछ ।
बर्तमान संबिधानले पुर्बको १४ जिल्लालाई १ नम्बर प्रदेश भनेर घोषित गरेको भए पनि क्लष्टरमा आधारित किरात प्रदेश नै हाम्रो अन्तिम उदेश्य हो । बर्तमान शक्ति सन्तुलनको हिसाबले तत्काललाई उक्त चौध जिल्लालाई नै किरात प्रदेश नामाङ्कन गराउने अल्पकालिन नीति लिनु पर्ने बाध्यता भने हामी सामु खडा भएको छ । कतिपय राजनीतिक तथा सामाजिक संगठनहरु पनि यसको पक्षमा भएको हुनाले यस पक्षमा जानु अल्पकाललाई आबश्यक हुन्छ । यसले किरात, लिम्बुवान र कोचिलाको भुगोललाई समेट्दछ । लिम्बुवान र कोचिला पनि आधारभुत रुपमा किरात भुगोल नै भएको, लिम्बु र कोचहरु पनि किराती नै भएको सन्दर्भमा क्लष्टरको आधारमा लिम्बुवान र कोचिला नबन्दा सम्म १ नम्बर प्रदेशलाई किरात प्रदेश नामाकरण गरेर जानु पर्दछ ।
यस प्रदेशमा अन्य रैथाने जाती (जस्तै शेर्पा, लेप्चा, थारु) हरुको बिशेष, स्वयत्त तथा संरक्षित क्षेत्रहरुको साथै सबै भाषी किरातीहरुको पहिचानमा आधारित स्वयत्त तथा संरक्षित क्षेत्रहरु हुनेछन् । त्यसैले यो नै किराती पहिचानको निम्ति आदर्श बिकल्प हो । यसमा सबै भाषी किरातीहरुको भाषिक तथा साँस्कृतिक बिकासको आकांक्षा पुरा गर्न सकिन्छ । किरात प्रदेशका अन्य जातीहरुको हकमा भने उनीहरुको बाहुल्यताको आधारमा भाषिक तथा साँस्कृतिक आकांक्षलाई सथनीय तह (गाउँ तथा नगरपालिका) मा सम्बोधन गरिने छ ।
किरात प्रदेश नामकरणको हिसाबले ऐतिहासीक हँुदा हुँदै पनि अहिले त्यहाँ रहेका सबै बासीन्दाहरुको साझा (बहु जातिय) प्रदेश हुनेछ । छुवाछुत बिहीन किरात प्रदेश सञ्चालन पूर्णतः सर्ब जातीय सिद्धान्तको आधारमा हुनेछ ।
किरात तथा सर्बजातीय बिचार
किरात तथा सर्बजातीय बिचार भनेको
१) सर्बजातियता
२) सहभागितात्मकता
३) राजकिय पुजिबाद र नौलो समाजबाद
४) पहिचान सहितको संघियता
आदि हुन् ।
आम नेपाली तथा किरात प्रदेश बासी जनताहरुलाई यस किरात तथा सर्बजातीय बिचारको झण्डा मुनी गोलबन्द गरिनेछ । निस्चित बैज्ञानिक बिचार बिना कुनै पनि पार्टी अगाडि बढ्न सक्दैन । त्यसैले हामी किरात तथा सर्बजातिय बिचारलाई हाम्रो मार्गदर्शक सिद्धान्त मानी यसको बिकासमा जोड दिन चाहन्छौं ।
यस बिचारले किरात पार्टीलाई बलियो सैद्धान्तिक छाहारी प्रदान गर्दछ ।
सहभागितात्मकता आधुनिक लोकतन्त्रको महत्वुर्ण बिशेषता हो । तल्लो तहको जनताको निती तथा योजना निर्माण, योजना कार्यन्वयन तथा अनुगमन, नेतृत्व चयन र फिर्ता समेतका बिशेषताहरु नै सहभागितात्मकता हो । सर्बजातीयता नेपालको बिशेषता हो जातीय तथा भाषिक आधारमा राज्यको सम्पुर्ण क्षेत्रमा तथा किरात पार्टीमा सर्बजातीय प्रतिनिधित्व आजको आबश्यकता हो । पहिचान र स्वराजको निम्ति संघियता, बर्गीय न्यायको निम्ति नौलो समाजबाद र मानबीय मुल्य र मान्यताको लागि लोकतन्त्र पनि यस बिचारको अभिन्न अंगहरु हुन् । किरात पार्टी राज्य र पार्टी जीबनमा यस बिचार बिकास गरी लागु गर्न प्रतिबद्ध छ ।
जनताको सर्वोच्चता, संघीय शासन, वालिग मताधिकार, आवधिक निर्वाचन, प्रतिस्पर्धात्मक वहुदलीय व्यवस्था, संवैधानिक तथा कानुनी राज्य, मौलिक एवम् मानव अधिकार, शक्ति पृथकीकरण, स्वतन्त्र न्यायपालिका, प्रेस स्वतन्त्रता, समावेशी लोकतन्त्र, जबाफ देहिता, पारदर्शिता, आत्मनिर्णयको अधिकार, जातीय क्षेत्रीय स्वशासन, स्थानिय स्वायत्त सरकार, लोक कल्याणकारी राज्य, सामाजिक न्यायको सिद्धान्त प्रति हामी प्रतिबद्धता जाहेर गर्दछौं । यी लोकतन्त्रका नबीनतम मुल्य र मान्यताहरुको समग्रता र मुन्दुम दर्शनलाई किरात तथा सर्बजातीय बिचारको रुपमा बिकास गर्ने प्रण गर्दछौं । किरात पार्टीलाई सर्बजातीय तथा सर्बभाषी सिद्धान्तमा परिचालन गर्ने प्रतिबद्धता जाहेर गर्दछौं ।
हामी नेपाल पक्ष राष्ट्र भएको सम्पूर्ण अन्तर्राष्ट्रिय न्यायपुर्ण सन्धी, महासन्धी, मूल्य र मान्यताहरुलाई दृढतापूर्वक कार्यान्वयन गर्ने प्रतिवद्धता व्यक्त गर्दछौं । नेपाल जातीय तथा बर्गीय उत्पिडनयुक्त एक बहुजातीय मुलुक हो । यस प्रकारको जातीय तथा बर्गीय उत्पिडनलाई बैज्ञानिक बिश्व दृष्टिकोणको अलोकमा संघिय नौलो समाजबादको जगमा अन्त गर्ने प्रतिबद्धता जाहेर गर्दछौं । मुलुकको सार्बभौमिकता, अखण्डता, स्वतन्त्रता र समृद्धताको निम्ति हामी कटिबद्ध छौं । किरात प्रदेश भित्रको सबै जाती तथा भाषीहरुको समृद्धता, पहिचान र स्वराजको निम्ति हामी डटिरहने छौं ।
किरात तथा नेपाली क्रान्ती
किरात तथा नेपाली क्रान्ती भनेको
१) किरात प्रदेशको प्राप्ती
२) बिभिन्न जातीहरुको भाषा तथा संस्कृतिको उन्नयन
३) किरात प्रदेश बासिहरुको आर्थिक तथा सामाजिक बिकास
४) किरात भुगोलको सम्बद्र्धन
५) नेपालको समृद्धता
६) संघिय, सर्बजातीय तथा नौलो समाजबादी नेपालको स्थापना
आदि हुन् ।
किरात तथा नेपाली क्रान्ति सम्पन्न गर्नु किरात पार्टीको प्रमुख उदेश्य हो । किरात प्रद्येश्को समृद्धता क) जमीन (जैबिक कृषी सहकार्यता), ख) जलबिद्युत र ग) जनशक्ति (प्राबिधिक शिक्षा) को उच्चतम बिकाश गरेर प्राप्त गर्न सकिन्छ । ३) किरात प्रदेश बासी तथा नेपालीहरुको उन्नयनको लागि उनीहरुको क) राजनीतिक, खा) आर्थिक, ग) सामाजिक (शिक्षा, स्वास्थ्य, आबास), घ) साँस्कृतिक र ङ) भाषिक बिकास हुन आबश्यक छ । यि तमाम क्रन्तिको कार्यभारहरु बोक्न किरात पार्टी तत्पर छ । आधुनिक बिश्वको जल्दो बल्दो मुद्दा दिगो बिकासलाई पनि किरात पार्टीले आफ्नो कार्य सुचीमा राखेको छ ।
किराती पहिचान भन्नाले सामान्यतः किराती इतिहास, भाषा, संस्कृति र भुगोल हुन । त्यहि पहिचानमा आधारित किरात स्वशासन हाम्रो अर्को उदेश्य हो । किरातीहरु को भाषिक पहिचानमा आधारित बिशेष, स्वयत्त तथा संरक्षित क्षेत्र निर्माणको निम्ति किरात पार्टीले पहल कदमी लिनेछ । गैर किराती आदिबासी तथा मधेसीहरुको स्वशासनलाई पनि किरात पार्टीले आफ्नो कार्यसुचीमा राख्दछ । यसरी हामी आम नेपाली तथा किरात राज्य बासीहरु किरात पार्टीको झण्डा मुनी गोलबन्द भै किराती पहिचानको रक्षा गर्दै किरात प्रदेश र नेपाललाई समृद्ध पार्ने प्रण गर्दछौ । त्यसको निम्ति किरात पार्टीको सबै तहको पार्टी संगठनहरुले आर्थिक, राजनीतिक, समाजिक, भाषिक र साँस्कृतिक गतिबिधिहरु ब्याबस्थित रुपमा सञ्चालन गर्नेछन् ।
किरात प्रदेशको भाषिक नीति
किरात प्रदेश एक बहु भाषिक प्रदेश हो । यस प्रकारको भाषिक बिबिधता यस प्रदेशको सुन्दर बिशेषता पनि हो । यस बिशेषतालाई जोगाउने, बिकास गर्ने र गर्ब गर्ने गर्नु पर्दछ । किरात प्रदेशमा किराती भाषाहरु मात्र होइन तामाङ, मगर, गुरुङ लगायतका अन्य दर्जनौं भाषाहरु पनि छन् । हामीले ती भाषाहरुलाई उचित सम्बोधन गर्नु पर्दछ । यसरी मात्र सबै भाषा भाषीहरुलाई न्याय हुन्छ र किरात प्रदेशका जनताहरु एकताबद्ध भएर अघि बढ्दछन् । किरात प्रदेश भित्र कुनै पनि किराती भाषीहरु राज्यब्यापी सघन बसोबासको रुपमा फैलिएका छैनन् । त्यसैले गर्दा एक भाषालाई प्रदेशब्यापी रुपमा प्रयोग गर्न असंभब छ । अतः पुरै राज्य भरी अंगे्रजी भाषालाई साझा भाषा र खस भाषालाई संपर्क भाषा बनाइनु पर्दछ । किराती भाषाहरु बीच सामिप्यता भएको हुनाले यी भाषाहरुलाई बिकास गरी साझा किराती भाषा निर्माण गरी किरात प्रदेशको आधिकारिक भाषाको रुपमा प्रयोग गरिनु पर्दछ । सम्पर्क भाषा भन्नाले बाहुल्य किरात प्रदेश बासीहरुले बुझ्ने भाषा हो भने साझा भाषा भनेको सबै भाषीहरुको समान दुरीको भाषा हो । अंगे्रजी भाषा सबै भाषीहरुको दोस्रो भाषा भएको हुनाले यो साझा भाषा हो । लोक सेवा लगायतका प्रतिर्पद्धात्मक परिक्षाहरु साझा भाषामा मात्र गरिने छ । खस भाषा सहित नेपालमा बोलिने अन्य सबै रैथाने भाषाहरु नेपाली भाषाहरु हुन् । आधिकारिक भाषा भनेको किरात प्रदेशको पहिचानयुक्त भाषा हो । प्रदेश सरकारको हकमा यी तीन भाषाहरुलाई मान्यता दिइने छ । यसको अर्थ प्रदेश सरकारको कार्यलयहरुमा उक्त ३ भाषाहरु सबै प्रयोग हुन सक्दछन् । ती ३ भाषाहरु मध्ये कुनै एकमा जनताले निबेदन दिने, सुचना पाउने अधिकार राख्दछन् । किरात प्रदेशले यस प्रकारले त्रैभाषिक नीति अपनाउने छ । यसले काम कार्बाहीमा केहि असजिलो त होला तर यो भन्दा उत्तम भाषिक न्याय अन्य हुन सक्दैन । यस प्रकारको भाषिक अप्ठ्यारालाई आधिकारिक दोभाषेहरुको बन्दोबस्त गरी हल गर्न सकिन्छ ।
यो त्रैभाषिक राज्यको नीति बिशेष, स्वयत्त र संरक्षित क्षेत्र तथा प्रस्ताबित स्थानीय तहहरु गाउँ पालिका र नगर पालिकामा पनि अबलम्बन गरिने छ । जुन भाषिक पहिचानको आधारमा बिशेष, स्वयत्त तथा संरक्षित क्षेत्र बनेको हो त्यो भाषा त्यो क्षेत्रको आधिकारिक भाषा हुनेछ । स्थानिय तहहरुको हकमा बक्ताहरुको संख्या बाहुल्यताको आधारमा अन्य भाषाहरुलाई समेत आधिकारिक भाषाको मान्यता दिइने छ । गाउँपालिका वा नगरपालिकामा कुनै भाषाको बक्ताहरुको संख्या कम भएको खण्डमा ब्याबहारिकताको हिसाबले त्यस्ता भाषाहरुलाई कामकाजी भाषा बनाइने छैन । त्यस्ता भाषाहरुलाई बिशेष ब्याबस्था गरी संबद्र्धन गरिने छ । ब्याक्तिगत तथा सामुहिक रुपमा भाषिक ताथ साँस्कृतिक उन्नयनको पहल जो कोहिले गर्न सक्ने छन् ।
किरात प्रदेशको दस जोड दुई सम्मको सार्बजानिक शिक्षाको सिकाईको माध्यम भाषा अंग्रेजी हुनेछ । अंग्रेजी भाषाको अलावा बिद्यार्थीहरुले १०० भन्दा बढी नेपाली भाषाहरु मध्येबाट अनिबार्य एक भाषा रोजेर पढ्नु पर्ने छ । बिशेष, स्वयत्त तथा संरक्षित क्षेत्रहरुमा संबन्धित क्षेत्रको भाषा पढ्न चाहने बिद्यार्थीलाई उक्त क्षेत्रको भाषा अनिबार्य रुपमा पढाउनु पर्दछ । अन्य भाषाको संबन्धमा कम्तिमा स्थानीय तहमा अबलम्बन गरेकोे भाषिक नीति संग समानान्तर बन्दोबस्त गरिनु पर्दछ । प्रदेश, क्षेत्र तथा स्थानिय तहमा लिइने कुनै पनि सेवाहरुको परिक्षा (नोकरीको निम्ति परिक्षा) साझा भाषा अंग्रेजीमा लिइने छ । अंग्रजीलाई साझा भाषाको मान्यता दिइने छ ।
सर्बजातियता
किरात पार्टीको बिशेषता भनेको सर्बजातियता हो । यसमा सबै जातीहरुको संख्याको आधारमा तिनै जातीले आफ्नो प्रतिनिधि चुन्छन् भने आबश्यक प्रकृया पुरा गरी फिर्ता पनि बोलाउछन् । राज्यको सबै क्षेत्रमा महिलाहरुद्वारा नै निर्बाचित महिला प्रतिनिधिहरु आधि हुनेछन् । यो सिद्धान्त किरात पार्टीको पार्टीात्मक संरचनामा समेत सर्बजातीय बिधि मुताबिक प्रयोग हुनेछ । यस सिद्धान्तलाई नेपाल र किरात प्रदेश अन्तरगतको सरकारको सम्पुर्ण निकायहरुमा लागु गर्न किरात पार्टी प्रतिबद्धता जाहेर गर्दछ । यो बिधि राज्यका सबै अंगहरु सरकार, ब्याबस्थापिका र न्याय पालिकाहरुमा लागु हुनेछ । यसै गरी यो बिधि शिक्षा, स्वास्थ्य, रोजगारी, राज्यबाट प्राप्त हुने अन्य सेवा सुबिधा र अबसर लगायतका सबै क्षेत्रहरुमा लागु हुनेछ । आरक्षण भनेको भिख दिने प्रणाली हो । त्यस्तै गरेर समानुपातिक समाबेशिता टिका लगाई दिने प्रणाली । तर सर्बजातीयता भनेको आफ्नो प्रतिनिधि आफैं चुन्ने र संख्याको अनुपातको आधारमा राज्यका सम्पुर्ण निकायहरुमा आफु बीचमा नै प्रतिस्पर्धा गरी सहभागी हुने नबिनतम लोकतान्त्रिक प्रणाली हो ।
हामी सर्बजातीय निर्वाचन प्रणाली, सर्बजातीय संसद, सर्बजातीय सरकार, सर्बजातीय सेना, सर्बजातीय प्रहरी, सर्बजातीय कर्मचारी सेवा, सर्बजातीय शिक्षा सेवा, सर्बजातीय न्याय सेवा, सर्बजातीय सरकारी शिक्षा अबसर, सर्बजातीय स्वास्थ सेवा अबसरहरु तथा सुबिधाहरु हुनुपर्दछ भन्नेमा दृढ छौ ।
सर्बजातीयतामा जाती वा भाषालाई आधार मानिन्छ । यहाँ जाती वा भाषा दुबैलाई जाती भनिएको छ । सर्बजातीयता भनेको राज्यको सम्पुर्ण क्षेत्रहरुमा ती जातीहरुको जनसंख्याको अनुपातमा सर्बजातीय बिधि मुताबिकको सहभागिता हो । राज्यको मुख्य क्षेत्रहरु भन्नाले सार्बजानीक प्रशासन (कर्मचारी), न्याय सेवा, सदन, सरकार, शिक्षा सेवा, स्वास्थ्य सेवा, सेना, प्रहरी, प्राबिधिक सेवा, शैक्षिक अबसर, स्वास्थ्य सुबिधा र अन्य सरकारी सेवा तथा सुबिधाहरु हुन् । उदाहरणको लागि २०११ को जनगणना अनुसार मगरहरुको जनसंख्या ७.१% छ । सरकारी क्याम्पसमा १०० जना डाक्टर पढ्न भर्ना लिइंदै छ भने मगरहरु बीच नै प्रतिस्पर्धा गरी ७ जना मगरहरु भर्ना हुन पाउनु प¥यो । सेना, कर्मचारी, सदन सबै क्षेत्रमा मगरहरुको प्रतिनिधित्व ७.१% हुनु प¥यो । ती मध्ये आधि ३ वा ४ जना मगर महिलाहरु हुनु प¥यो । यो नै सर्बजातीयता हो ।
सर्बजातीय बिधि भनेको संबन्धित जाती बीच मात्रै प्रतिस्पर्धा र चुन्ने तथा चुनिने भन्ने बुझ्नु पर्दछ । जस्तै ती ७ जना डाक्टर पढ्ने बिद्यार्थीहरु मगरहरु बीच नै प्रतिस्पर्धा गरेर छानिनु पर्दछ । ३०० जनाको सदन रहेछ भने २१ जना मगर सांसदहरु मगरहरुद्वारा नै चुनिएर अउनु प¥यो । ब्याबहारिक पक्षहरु मिलाउदा संख्या र अनुपातहरु तल माथि हुन सक्दछन् तर सर्बजातीयताको मुख्य मर्म नै जनसंख्याको अनुपातमा सहभागिता र उनीहरु बीच प्रतिस्पर्धा तथा उनीहरुले चुन्ने र उनीहरु नै चुनिने हो । यो नै लोकतन्त्रको पछिल्लो तथा सर्बोत्तम बैज्ञानिक बिधि हो ।
यसो गर्दा सरकार त २०–२५ जनाको बन्दछ तर नेपालमा १२५ भन्दा बढि जातीय तथा भाषिक समुहहरु छन् । यस्तो अबस्थामा सर्बजातीयता अपनाउन जातीय तथा भाषिक समुह (क्लष्टर) हरु बनाउनु पर्दछ । समान गुण भएको जातीहरुको समुह बनाइनु पर्दछ । नेपालको मुख्य जातीय क्लष्टरहरु आदिबासी, दलित, मधेसी, मुसलमान, खस र आर्य गरी ६ वटा छन् । यसमा पनि अति पिछडिएका, अबसरबाट बञ्चित र अबसर पाएका जाती जस्ता उप समुहहरु बनाउनु सकिन्छ । अर्को अबसर पाएको क्षेत्र र पिछडिएको क्षेत्र हुन सक्दछन् । तर सहभागिताको अबसर ठुलो संख्यामा भएको खण्डमा सबै जाती र भाषीबाट प्रतिनिधित्व गाराइनु पर्दछ । यासो गर्दा पनि कतिपय जाती तथा भाषीहरुको संख्या यति न्युन छकि उनीहरुलाई फेरी समान किसिमको जातीय तथा भाषीक समुह बनाई प्रतिनिधित्व गराइनु पर्ने हुन्छ । जस्तै ३०० जना सांसद हुँदा ०.३३% जनसंख्या बराबर १ जना सांसद प्रतिनिधि हुन्छ । तर कुलुङ किराती भाषीको जनसंख्या ०.१३% मात्र छ । अतः कुलुङको नजिकको किराती भाषीहरु थुलुङ (०.०८%), साम्पाङ (०.०७%) र खालिङ (०.०५%) गरी जम्मा (०.३३%) पु¥याई १ सांसदको स्थानमा उनीहरु बीच प्रतिस्पर्धा गराइनु पर्दछ । कुनै कुनै स्थानहरु सिमित हुन्छन् । राज्यको मुख्यमन्त्री एक जना मात्र हुने हुनाले त्यो पदको निम्ति खुल्ला प्रतिष्पर्धा हुनु पर्दछ ।
यस प्रकारले कुनै पनि जाती नछुट्ने र कुनै जातीको अधिक प्रतिनिधित्व नहुने सर्बजातीयताको सुन्दर बिशेषता हो । यहाँ के भुल्नु हुन्न भने संबन्धित जाती बीच नै प्रतिस्पर्धा गरेर र चुनिएर आएका महिलाहरुको प्रतिनिधित्व पनि आधि हुनु पर्दछ । तर बिजोडी संख्यामा स्थान उपलब्ध रहेछ भने एक जना महिला वा पुरुष बढि हुन सक्दछ , यस बिधि अपनाउदा कथम कुनै जातीको योग्य प्रतिनिधि पाइएन वा त्यो जातीको मानिसहरुको रुची देखिएन भने ती स्थानहरु खाली रहन्छन् वा अन्य जातीहरुबाट अस्थायी रुपमा परिपुर्ति गरिनु पर्दछ । यसरी उनीहरुको स्थान भबिश्यको लागि पनि सुरक्षित रहन्छ ।
यस आलोकमा हेर्दा आरक्षणलाई भिख दिने प्रणाली, समानुपातिक समाबेशीतालाई टिके प्रणाली र सर्बजातीयतालाई लोकतान्त्रिक प्रणाली भन्न सक्दछौं । आरक्षण शासक जातीहरुले शासित जातीहरुको असन्तुष्टीलाई निष्तेज पार्न उनीहरुको अगुवाहरुलाई दिइने ललीपप हो । त्यसै गरेर समानुपातिक समाबेशी शासक जातीहरुले नै छानेर आफ्नो हनुमानहरुलाई टिका लगाइदिने हो । तर सर्बजातीयता भनेको चै उनै जातीले उनै जातीको प्रतिनिधि चुन्ने तथा उनीहरु बीच नै प्रतिस्पर्धा गर्ने र कार्य संपादन नगरे फिर्ता समेत बोलाउने बिधि हो । भिखारी र हनुमानहरु मालिकहरु प्रति बफादार रहन्छन् । किन भने उनीहरुको भाग्य र भबिश्य शासक जातीको मालिकहरुको हातमा हुन्छ । सर्बजातीयतामा भने जन प्रतिनिधिहरुको चाभी संबन्धित जातीको आम जनताको हातमा हुन्छ । त्यसैले उनीहरु संबन्धित जाती र जनता प्रति जबाफदेहि हुन्छन् ।
नेपालको बर्गीय धरातल पनि जातीय आधारमा छ । दलितहरु बर्ग बिभाजनको पिंधमा छन् । यसको मुल कारण जातीय उत्पिडन नै हो । नेपालको जातीय उत्पिडनको अन्तले तीन चौथाई बढि बर्गिय उत्पिडनको हल गर्नेछ । जातीय उत्पिडन अन्तको अचुक औषधी सर्बजातीयता नै हो । बाँकी एक चौथाई बर्गिय उत्पिडनलाई नौलो समाजबादको लोक कल्याणकारी बिधिबाट हल गर्न सकिन्छ । अतः आजको नेपाली क्रान्तीको जादुगरी औजारहरु भनेको सर्बजातीयता र नौलो समाजबाद नै हुन् ।
सर्बजातीय अबधारणा बढि प्राज्ञिक, आदर्शबादी र अब्याबहारिक जस्तो लाग्न सक्दछ । तर आदर्श समाज निर्माण गर्न, न्याय, समानता र समतामुलक समाज निर्माण गर्नलाई सर्बजातीयताको यो बिधि भएर गुज्रनै पर्दछ । अन्याथा भौतिक बिकास भए पनि सामाजिक बिभेदको कारण जातीय द्वन्दको कालो बादल नेपाली आकासमा मडारि रहने छ । भौतिक बिकासको लाभ सिमित बर्ग र जाती को पेवा हुने छ ।
बिभिन्न शक्तीहरुको एकतामा बन्ने पार्टीको नाम सर्बजातीय पार्टी नै नहुन सक्दछ । तर उक्त पार्टीको संगठन पद्धतिमा सर्बजातीयता लागु हुनु पर्दछ र राज्यमा सर्बजातीयता लागु गर्न प्रतिबद्ध हुनु पर्दछ । पार्टीको आन्तरिक सर्बजातीयता भने मुलुकको जनसंख्याको अनुपातमा नभै पार्टी सकृय सदस्य संख्याको अनुपातमा हुनु पर्दछ । पार्टीमा महिला नेतृत्वहरु पनि महिला सदस्य संख्याको अनुपातमा हुनु पर्दछ । यसो किन गर्नु पर्दछ भने पार्टीमा मुलुक कै जनसंख्याको अनुपातमा जातीहरुको सहभागिता हुने सुनिस्चितता छैन ।
मिश्रित बसोबास भएको नेपालमा एकै जातीको पार्टीले मात्र प्रादेशिक तहमा मात्र पनि नेतृत्वदायी त के हस्तक्षेपकारी भुमिका समेत खेल्न न्युन संख्याको कारण नसक्ने हुनाले सर्बजातीयतामा आधारित पार्टीको औचित्य साबित हुन्छ ।
सहभागितात्मकता
किरात पार्टी सहभागितात्मकतामा बिश्वास गर्दछ । यस सिद्धान्तलाई हामी हाम्रो पार्टी जीबनमा र राज्य संचालनको बिधिमा प्रयोग गर्न चाहन्छौं । नीति तथा योजना निर्माण तथा कार्यन्वयनमा र नेतृत्व चयनमा आम मानिसहरुको सहभागिता नै सहभागितात्मकता हो । नेतृत्वहरु माथिबाट छानिने होइन तलबाट चुनिने ९द्ययततयm गउ बउउचयबअज० र चुनिएको नेतृत्वले कार्य सम्पादन गर्न नसके तलबाट फिर्ता बोलाउन सक्ने पद्धति नै सहभागितात्मक लोकतन्त्र हो । यसले मात्र आम मानिसलाई शक्तिशाली बनाउछ र लोकतन्त्र मजबुत हुन्छ । हामी लोकतन्त्रको नबिनतम मुल्य र मान्यताहरुको साथै बिज्ञानका नबिनतम आबिस्कारहरुलाई अबलम्बन गर्दछौं । रुढिग्रस्त अन्धबिश्वास र त्यसमा आधारित थिचो मिचोलाई निमिट्यान्न पार्न चाहन्छौं । त्यसले मात्र समाज बिकसित बनाउन सक्दछ ।
आर्थिक तथा भौतिक बिकास
हामी बिशेषतः किरात राज्यमा जल, जमिन र जन तीन ज को आधारमा छोटो अबधिमा आर्थिक समृद्धि हासिल गर्न चाहन्छौं । जलबिद्युत त्यस्तो क्षेत्र हो जस्मा छोटो अबधीमा अर्बौ रुपैया लागानी जुटाउन सकिन्छ । यसको बजार सुनिस्चित नै हुन्छ भने कच्चा पदार्थ र मजदुर समस्या हुँदै हुन्न भने पनि हुन्छ । आर्थिक प्रतिफल सुनिस्चित भएको जलबिद्युतबाट पुँजी निर्माण गरी प्रदेश सरकारलाई आर्थिक रुपमा मजबुत बनाइने छ । जमीनको दिगो उपयोगद्वारा जैबिक खेतिको प्रबद्र्धन गरिने छ । यस प्रकारको कृषीलाई सहकारी र सहकार्यको मोडेलमा लाखौं किसानहरुलाई गोलबन्द गरी उनीहरुको जीबन स्तर माथि उकासिने छ । किसानहरुलाई उच्च मुल्यका कृषी उपजहरुमा आकर्षित गरी कृषि उपजहरुको औद्योगिकिकरण र बजारीकरण गरिनेछ । किरात प्रदेशको उच्च शिषबाट बञ्चित युबा जनहरुलाई प्रत्येक बिद्यालयमा अनिबार्य प्राबिधिक शिक्षाको बन्दोबस्त गरी तालिम दिएर उत्पादनशील बनाइने छ ।
सरकारमा जनु भन्दा अघि नै किरात पार्टीले आम जनसहभागिता र सरकारी संलग्नताको आधारमा किरात प्रदेशमा जलबिद्युतको बिकासमा पहल कदमी लिनेछ । यसरी किरात प्रदेश भित्र ठुलो पैमानामा पुँजी छोटो अबधिमा भित्र्याउन सकिनेछ । यसले किरात प्रदेश सरकारलाई धनी बनाउने छ भने किरात प्रदेशमा आर्थिक गतिबिधिहरु बढ्नेछन । किरात प्रदेशका मुख्य नदीनालाहरु सुनकोशी, लिखु, दुधकोशी, होङगु, सोलु, अरुण, तमोर र सप्तकोशी हुन् । यी नदिहरुको अधिकतम् उपयोग गरिनेछ ।
त्यसरी नै सरकारमा जानु अघिबाटै कृषीमा किसानहरुको सहकारी तथा उद्योगी ब्याबशायीहरुको किसान संगको सहकार्यमा कृषिमा उच्च मुल्यका कृषि उपजहरुलाई बढावा दिइनेछ । कृषिलाई आधुनिकिकरण, स्तरिकरण र बजारिकरण गरिनेछ । यसले आम किसानहरुको जीबन स्तरमा सुधार ल्याउने छ । उच्चकोटीको प्रबिधि र ब्यबस्थापन साना किसानहरुको पहुँचमा पु¥याई निर्बाहमुखी कृषिलाई औद्योगिकिकरण गरिने छ । कृषीलाई पुर्ण रुपमा जैबिक बनाइनेछ ।
गाउँको प्रत्येक माध्यामिक बिद्यालयमा स्थानीय आबश्यकता अनुसारको प्राबिधिक शिक्षा सञ्चालन गरिनेछ । जुन बिद्यार्थी उच्च शिक्षातिर जान सक्दैनन तिनीहरु सबैलाई एक प्रकारको प्राबिधिक सीप सिकाइनेछ जस्ले आम युबाहरुलाई आर्थिक रुपमा आत्म निर्भर बनाउने छ । उनीहरु स्वदेश तथा बिदेशमा दक्ष जनशक्तिको रुपमा जागीर खाने वा आफैले साना तिना ब्यापार ब्यबशाय गर्न सक्षम हुनेछन् । सबै सरकारी बिद्यालयहरु समेतलाई अंग्रजी माध्यममा पढाई गराउन पहल गरिनेछ ।
सरकारी तथा गैर सरकारी संलग्नतामा सडक, बिद्युत, अस्पताल, संचार, खानेपानी, सिंचाई लगायतका भौतिक पुर्बाधारहरु बिकासमा जोड दिइनेछ । किरात प्रदेशको सबै नागरिकको स्वस्थ बिमा गराउन पहल गरिने छ । यसका अलबा अन्य शैक्षिक, ब्यापारिक तथा औद्योगिक बिकासहरुमा पहल कदमी लिइनेछ ।
किरात राज्य बासीहरुको भाषा, संस्कृति, इतिहास, भुगोल र उनीहरुको पहिचान र अस्तित्व रक्षाको निम्ति बिशेष कार्यक्रम सञ्चालन गरिनेछ ।
कार्यक्रमहरु
कथित उच्च जातका साम्भ्रान्त शासकहरुले नश्लिय संबिधान जारी गरिसकेको छ । बिस्तृत शान्ती सम्झौता र अन्तरिम संबिधान बाट समेत पछि हटेर जारी गरिएको संबिधान र नश्लबादी शासकहरु बिरुद्ध संघर्ष नयाँ चरणमा पुगेको छ । अब नयाँ पार्टी, नयाँ एकता र नयाँ बिचारको साथ जातीय तथा बर्गीय मुक्ति मार्गमा अघि बढ्न हामी आम मुक्तिकामी जनतामा आह्वान गर्दछौं । अब सबै नेपालीहरु तथा किरात राज्य बासीहरु सर्बजातीय र किरात पार्टीको झण्डा मुनि गोलबन्द भै नेपाल र किरात प्रदेश निर्माणको अभियानमा लाग्न हामी आह्वान गर्दछौं । यसरी संगठित भएर हामी किरात प्रदेशमा नेतृत्वदायी भुमिका निर्बाह गर्न चाहन्छौं भने समान बिचर भएका अन्य शक्तिहरुसंग मिली राष्ट्रिय तहमा हस्तक्षेपकारी भुमिका खेल्न चाहन्छौं ।
हाम्रो संघर्षहरु शान्तिपुर्ण हुनेछन् । किरात प्रदेशको निम्ति आम मानिस, राजनीतिक तथा सामाजिक संगठनहरुलाई गोलबन्द गर्दै अघि बढिनेछ । पार्टीले शान्तिपुर्ण संघर्षका सम्पुर्ण रुपहरु अबलम्बन गर्नेछ । बर्तमान संबिधान नश्लबादी नै भए पनि आन्दोलन र किराती पहिचानलाई सहयोग गर्न उपलब्ध सबै संबैधानिक अधिकारलाई पनि किरात पार्टी उपयोग गर्दछ ।
उक्त कार्यनीतिलाई पुरा गर्नको लागि किरात पार्टीको तत्कालिन कार्यभारहरु निम्न अनुसार छन् ।
१) पार्टी बिस्तार गर्ने
२) समान बिचार भएका , पार्टी र संस्थाहरु संग सहकार्य गर्ने
३) किरात तथा सर्बजातीय बिचार निर्माण गर्ने
४) किरात प्रदेश प्राप्तिको निम्ति नेतृत्व लिने
५) सर्बजातीय पार्टी निर्माण गर्ने
६) जनकार्यलाई अघि बढाउने, श्रमदान द्वारा पार्टी कोष बढाउने
७) किरात प्रदेशबासी जनताहरुको भाषा तथा संस्कृतिको प्रबद्र्धन गर्ने
८) किरात प्रदेश नामाकरण अभियान चलाउने
९) किरात प्रदेशमा आर्थिक गतिबिधि अघि बढाउने
१०) वाताबरण तथा स्वास्थ कार्यक्रम लागु गर्ने
११) नमुना गउँ तथा नगरहरु स्थापना गर्ने
१२) उद्योग तथा बाणिज्यको प्रबद्र्धन गर्ने
पार्टीमा गुट नियन्त्रण
पार्टी भित्र गुट नियन्त्रण गर्न निम्न बिधि अबलम्बन गरिनेछ ।
गुटबन्दीलाई अनुशासनात्मक कारबाहीको बिषय बस्तु बनाउने, आन्तरिक निर्बाचनमा प्यानल उम्मेद्वारी दिन नपाउने, एकल उमेद्वार हुने, सकृय सदस्यले जुनसुकै तह र पदमा तोकिए बमोजिम उम्मेद्वारी दिन सक्छ । कुनै पनि उम्मेद्वारको प्रचार र भोट माग्न उ आफैंले मात्र पाउने । तर पार्टीले सबै उम्मेद्वारहरुलाई मतदाताहरु बीच संग संगै बिचार राख्ने अबसर प्रदान गर्ने छ । आचार संहिता भन्दा बाहिर गएर भड्किलो प्रचार गर्न नपाइने । बाह्य प्रतिस्पर्धामा भने यो कुरा लागु हुन्न । पार्टी पंक्ती पुरै प्रचार प्रसारमा लाग्ने छ । बिचारको भिन्नतालाई भने निश्चित बिधि प्रकृयाद्वारा ब्यापक छलफल चलाई मत बिभाजन प्रकृया द्वारा अन्तिम निष्कर्ष निकालिने छ । छलफलको क्रममा बिभिन्न बिचारमा अरुलाई कन्भिन्स गर्न पाइन्छ तर मत बिभाजनमा लबिङ गर्न पाइन्न । अल्पमत बिचार सुरक्षित रहनेछ । अर्को छलफल वा सम्मेलन सम्म बहुमत बिचार लगु हुने । बिचार एक जनाको र नेतृत्व अर्को को हुन सम्भब छ ।
आर्थिक नीति
पार्टी को आर्थिक तथा कोष सञ्चालन निती निम्न अनुसारको हुनेछ ।
सदस्यता शुल्क र लेभीले न्युनतम् पार्टी खर्च धान्ने, बिशेष कार्यक्रममा बिशेष अर्थिक सहयोग संकलन गर्ने, लाभको पदबाट प्राप्त रकम तोकिए बामोजिम हुने, प्रत्येक सदस्य आर्थिक उपार्जनमा सहभागी हुनु पर्ने, नेताहरुलाई घर खर्च नदिइने, पार्टी काममा जाँदा मितब्यायी ढंगले खर्च गर्न आबश्यकिय रकम दिने, सबै आम्दानी खर्च सार्बजानीक गर्ने, सार्बजानीक गर्न नमिल्ने आर्थिक सहयोग नलिने, ठुलो औद्योगिक घराानाबाट स्वर्थ मिश्रित ठुलो आर्थिक सहयोग नलिने, सबै कारोबार बैंकिङ प्रणलीमा गर्ने, खर्च कोष सञ्चालन बिधि मुताबिक गर्ने, भड्कििलो तथा खर्चिलो प्रचार प्रसार, तुल ब्यानर, सभा, मञ्च आदि नगराउने, कार्यकर्ताहरुलाई खर्च दिएर नहिडाउने, बरु घर दैलो कार्यक्रम गर्ने, राजनीतिलाई पेशा होइन सेवा बनाउने, पैसा कमाउने साधन नबनाउने, नेताको परिवारहरुलाई आर्थिक उपार्जन संग जोड्ने, नेताहरुको पनि कम समय दिनु पर्ने साइड ब्याबसाय भए राम्रो ।
आचार संहिता
किरात पार्टी सबै प्रकारका सामान्ती तथा गैर लोकतान्त्रिक पार्टी पद्दतिहरुलाई भत्काउन चाहन्छ । त्यसैको निम्ति तत्कालको लागि पार्टीमा लागु गर्न निम्न अनुसारको आचार संहिता जारी गर्दछौं ।
१) अपारदर्शी ढंगले कुनै आर्थिक सहयोग नलिने, ठुलो औद्योगिक घरानाहरुबाट अर्थिक सहयोग नलिने, सानो सानो सहयोगहरु समर्थक शुभ चिन्तकहरुबाट लिई मितब्यायी ढंगले कार्यक्रमहरु संचालन गर्ने, लेभी तथा सदस्यता शुल्कबाट पार्टीको नियमित कार्यहरु संचालन गर्ने, पार्टी आर्थिक उपार्जनमा लाग्ने, पार्टीको सदस्यहरु उत्पादन संग जोडिनु पर्ने, पार्टीको कुनै पनि ब्याक्तिलाई घर चलाउन तलब तथा भत्ता नदिइने, पार्टीको तर्फबाट सरकारी आहोदामा बसेकाको तलब भत्तालाई पार्टीले निर्णय गरे बमोजिम गर्ने, नगद तथा जिन्सि उपहार नलिने
२) पार्टीको नेताहरुको भ्रमणमा लावा लस्कर नारा जुलुस नगर्ने, आम जनता भन्दा भिन्न देखिन नेता तथा कार्यकर्ताहरुले फेटा, खादा, माला, अबिर, ब्याज आदि नलाउने, सभा स्थलमा मञ्चमा नबस्ने, बोल्ने बेलामा मात्र दर्शक दिर्घाबाट मञ्चमा जाने, लम्बेतान भाषण नगर्ने, सभाहरुलाई थोरै बक्ता राखी छोटो मिठो बनाउने, सभामा कार्यक्रम संचालक÷उद्घोषक मात्र राख्ने सभापति, स्वागत भाषण लगायतका औपचारिकताहरु नगर्ने ।
३) बिद्रोह, क्रान्ति तथा बिप्लबको बेला बाहेक बन्द हड्ताल नगर्ने, शान्तिपुर्ण जुलुस तथा सभाहरु गर्ने, साना साना घर दैलो कार्यक्रमहरु टोल टोलमा गर्ने जहाँ भाषण मात्र दिने होइन जनता संग अन्तर्कृया गर्ने
४) कुनै न कुनै प्रकारको जनकार्य संग जोडिने, स्थानीय आबश्यकता अनुसार सरसफाई, स्वस्थ, बाताबरण, बाटोघाटो निर्माण, कृषी, साँस्कृतिक, भाषिक, आर्थिक आदि कार्यहरुमा जनतासंग जोडिने
५) जननीति अख्तियार गर्ने, जानताको कुरा सुन्ने, जनताको निर्णयलाई कदर गर्ने, जनतालाई आर्थिक भार पर्ने गरी कुनै क्रियाकलाप नगर्ने, महिलाहरुलाई इज्जत गर्ने, जनताबाट सित्तैमा कुनै पनि चिज नलिने
६) नेता, कार्यकर्ता र जानताहरुको सित्तै नखाने, निस्चित तहको नेताहरुको आबधिक सम्पति बिबरण पेश गर्ने र स्रोत खुलाउने, माला, खादा, फेटा, अबिर, ब्याज नलगाउने, मञ्चमा गजक्क नबस्ने, मञ्च मा १ जना कार्यक्रम संचालक हुन्छ । अन्य नेता कार्यकर्ताहरु जनता जनार्दन संगै घुलमिल भएर बस्ने, नेता लिन लावा लस्कर, फुल माला अबिर लिएर नजाने, लम्बेतान भाषण नगर्ने, स्वागत, उद्घाटन परिचय आदि नगर्ने, खुरु खुरु बोल्ने हिड्ने, उद्घोषकले बक्ताको नाम मात्र बोलाउने, भाषण आधि घण्टा भन्दा लामो नगर्ने, अति आबश्यक ठाउँमा १ घण्टा गर्ने, कार्यक्रम ३ घण्टा भन्दा लामो नगर्ने, धेरै बक्ता भए धेरै ठाउँमा कार्यक्रम गर्ने, गाना बजाना गीत संगित कबिता नगर्ने, त्यस्तो कार्यक्रम भिन्नै गर्ने ।
७) जनता, कार्यकर्ता वा नेताको घरमा पैसा नतिरी कुनै पनि कुरा नखाने, रकम नलिने, जिन्सी नलिने । ठाउँ उपलब्ध भए सित्तैमा सुत्न भने सकिन्छ । यसले उनीहरुमा पर्ने आर्थिक बोझ कम हुन्छ ।
बिबिध
किरात पार्टीको अन्तराष्ट्रिय सम्बन्धको निती समान सहअस्तित्वमा आधिारित हुनेछ । नेपाल माथिको अनाबश्क बैदेशिक हस्तक्षेप अस्विकार्य छ । सबै मित्र राष्ट्रहरुसंग भाइचाराको सम्बन्ध बिकास गर्नु पर्दछ । छिमेकी मुलुकहरु संग भातृत्वको संबन्ध कायम गरिनेछ ।
जातीबादी, संघियाता बिरोधी, पहिचान बिरोधि र शोषक सामान्तिहरुको पक्ष पोषण गर्ने पार्टीहरुसंग किरात पार्टीको सहकार्य हुने छैन । त्यसता पार्टीहरुको गलत रबैयाको बिरोध गरी किरात बिचार र किरात क्रान्तीको रक्षा गर्नु किरात पार्टीको अहम दायित्व हो ।
राजकिय पुंजीबाद र सहकारीबादको बिकास गर्नु, राष्ट्रिय पुंजीबादलाई संरक्षण गर्नु, बैदेशिक निबेशलाई नियन्त्रित गर्नु दलाल पुंजीबादको जरा काट्नु किरात पार्टीको प्राथमिक कार्यहरु हुन । मुलुकलाई औद्योगिकिकरणको दिशातिर लगी राजकीय पुँजीबाद हुँदै नौलो समाजबादमा पु¥याई समतामुलक समाजको दिशामा मुलुकलाई डो¥याउन किरात पार्टीले नेतृत्वदायी भुमिका खेल्नेछ । यसरी किरात प्रदेशले समाजबादको मुलभुत मुद्दाहरुलाई पक्री नौलो समाजबाद सहितको लोकतन्त्र अभ्यास गर्र्नेछ । सामाजिक सुरक्षाको दायित्व राज्यको हो । मानिसको बाँच्न पाउने अधिकार, गाँस, बास, कपास, शिक्षा, स्वस्थ्य र रोजगारी राज्यको दायित्व हो भन्ने कुरामा किरात पार्टी दृढ छ ।
प्रदेश, क्षेत्र तथा स्थानिय सरकारहरु धर्म निरपेक्ष हुने छन् । त्यसमा राज्यले पहल पैरबी र लगानी गर्ने छैन । धर्ममा जनताको बैयक्तिक स्वतन्त्रता हुनेछ । धर्मको नाममा कुनै बिभेद तथा अन्याय हुने छैन । उनीहरुको साँस्कृतिक, भाषिक तथा ऐतिहासिक उन्नयनमा भने राज्यले लगानी गर्नेछ ।
बर्तमान अबस्थमा राप्रपा, नेपाली कांग्रेस र नेकपा एमाले किरात पार्टीको बिपरित शक्तीहरु हुन् । उनीहरुको गलत रबैया तथा नीति सिद्धान्तको भण्डाफोर गर्नु किरात पार्टीको कर्तब्य हो । अपबादमा बाहेक उनीहरु संग सहकार्यको सम्भाबना कम छ । नेकपा माओबादी केन्द्र, मधेसी दलहरु र संघिय समाजबादी फोरम नेपाल मध्यमार्गी पार्टी हुन् । उनीहरु संग मुद्धाको आधारमा सहकार्य हुन सक्दछ । उनीहरुको नीति, सिद्धान्त र मुद्धाको आधारमा उनीहरुको भण्डाफोर गर्नु पर्ने पनि हुन्छ । पहिचानबादी आदिबासीबादमा आधारित पार्टीहरु लिम्बुवान, थरुहट, राष्ट्रिय जनमुक्ती पार्टी जस्ता पार्टीहरु किरात पार्टीका मित्र शक्तिहरु हुन् । अपबादको रुपमा उनीहरुको गलत नीतिहरुको आलोचना गरिने छ । उनीहरुसंग एकताको पहल गरिने छ । एकता नै नहुँदा पनि सहकार्य, मोर्चाबन्दी र रणनीतिक गठबन्धन, सर्बजातीय पार्टी निर्माण गर्दै अघि बढिने छ ।
सर्बजातीय पहिचानबादी पार्टीको अबधारणा संलग्न १ मा संलग्न गरिएको छ ।

No comments:
Post a Comment